सोमबार थपिए ३ हजार ७९० नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

३ कार्तिक २०७७, सोमबार १७:३८

काठमाडाैं, कात्तिक ३ । नेपालमा कोंरोना भाइरसका संक्रमित १ लाख ३६ हजार कटेका छन् ।

सोमबार थप ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ७१४ पीसीआर परीक्षण गर्दा ३ हजार ७९० जना थपिएका हुन् ।

यसँगै हालसम्म कुल संक्रमितको संख्या १ दाख ३६ हजार ४६ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सोमबार सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा २६ हजार ९२७ जना बसेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमण दरको ६९. ५ प्रतिशत हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.