खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड


काठमाडाैं, कात्तिक ६ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ ।

दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि राखेको थियो । तर, एक हजार खसीबोका तीन दिनमै बिक्री भएपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरी बिक्री गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनले कम्पनीमा खसीबोका किन्न आउनेको भीड व्यवस्थापन गर्न गाह्रो परेको बताइन् । कम्पनीले केही समय खसीबोका बिक्री गर्न रोकेर टोक्न प्रणालीबाट खसीबोका बिक्री गरेको सुवेदीले बताइन् । उनले बजार मूल्यभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि खाद्य कम्पनीमा सर्वसाधारणको भीड लागेको हुनसक्ने बताइन् ।

उनले भनिन्, ‘खाद्यले खसीबोका प्रतिकिलो ५ सय ५० रुपैयाँमा बेचिरहेको छ  । बजारमा किलोकै ६ सय ५० रुपैयाँसम्ममा बिक्री गरिएको छ । खाद्यका खसीबोका स्वस्थ छन्, सस्तो पनि भएकाले धेरै आकर्षण देखियो ।’ खाद्यले खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गरेर ल्याएको हो । खरिद गर्न जिल्ला प्राथमिक खरिद समिति बनाएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसहित सदस्य रहन्छन् ।

समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा सरकारले किन्छ । त्यसपछि प्रशासनिक र ढुवानी खर्च जोडी बजार मूल्य हेरेर खसीबोकाको मोल निर्धारण गरिन्छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope