दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिन विज्ञहरुको सुझाब


काठमाडौं, कात्तिक १० । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा खानपान, योग र जीवनशैलीमा परिवर्तन ल्याएर रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको उनीहरुको भनाइ छ ।
कोभिड संक्रमणबाट जोगिन जीवनशैलीमा पनि परिवर्तन ल्याउनुपर्ने विज्ञहरुले बताएका छन । दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिदा जोखिम कम गर्न सकिने उनीहरुको भनाइ छ । दिनको एकदुई वटा कागतिको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तु बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने आयुर्वेदिक चिकित्सक बताउछन ।

त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत चिकित्सकले सुझाव दिएका छन । सादा खाना खान र सरिरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खानपिन गर्दा फाइदा पुग्ने बताइन्छ ।

शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि आयुर्वेदिक चिकित्सकको भनाइ छ । त्यसबाहेक योगा, खानपिन, जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन ।

दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सक दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सक बताउछन ।

दशैं मनाउन जन्मस्थल गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने उनीहरुको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope