सगरमाथाको फेदीमा विरोध प्रदर्शन


सोलुखुम्बु, कात्तिक १३ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाको टोलीले सगरमाथाको फेदीमा विरोध प्रदर्शन गरेको हो ।

पाँच हजार ३५७ मिटर उचाइमा रहेको गोक्योरीमा उनीहरूले सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

‘तपाईंको उपचार गर्दा हामी सबै चुप, जनताको उपचार गर्दा भाग्न पाइन्छ ?’ ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ र ‘कोरोना कहरमा उपचारदेखि अन्त्येष्टिसम्म सरकार भाग्ने, नागरिकले करचाहिँ किन तिर्ने ?’ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

महामारीका बेलामा जिम्मेवारीबाट भागेको सरकारबारे विश्वले थाहा पाओस् भनेर सगरमाथाको छेउमै पुगेर विरोध गरेको प्रदर्शनकारीहरुको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope