सबै खालका क्रिकेटबाट सन्न्यास लिने शेन वाट्सनको घोषणा


एजेन्सी, कात्तिक १८ । अस्ट्रेलियाली अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय क्रिकेटरले मङ्गलबार एक भिडियोमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।  ‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ’, वाट्सनले आफ्नो भिडियोमा भनेका छन् । यस संस्करणको चेन्नई सुपर किङ्ग्सको अन्तिम खेल, किङ्ग्स एलेभेन पञ्जाबविरुद्धको खेलमा वाट्सनले सन्न्यासबारे कुरा गरेका थिए ।  

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ मा नै सन्न्यास लिएका थिए । वाट्सनले सन् २०१८ मा चेन्नईलाई आईपीएलको उपाधि जिताउन फाइनलमा शतकीय पारी खेलेका थिए । 

यस संस्करणमा वाट्सन चल्न नसके पनि उनले आईपीएल करियरमा तीन हजार आठ सय ७४ रन बनाउँदै ९२ विकेट पनि लिएका छन् । चेन्नईसँग जोडिनुअघि वाट्सनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबाट पनि खेलिसकेका थिए । उनले सन् २००८ मा आईपीएलको उद्घाटन संस्करणमा रोयल्सलाई उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

क्रिकेट करियरमा वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आईसीसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए । उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन् । त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope