प्रधानमन्त्रीको ताप्लेजुङ भ्रमण स्थगित

२ मंसिर २०७७, मंगलवार २०:०२

काठमाडौं,मसिर २ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ।

मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने भनिए पनि कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली मङ्सिर ५ गते ताप्लेजुङ जाने कार्यक्रम तय भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.