टिनएजर्स पुस्ताको लभस्टोरीमा वेभ सिरिज ‘लभ बर्डस्’


पोखरा, ३ मंसिर ।

एमडी वक्र्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिक हुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिक गर्दै वेभ सिरिजबारे जानकारी दिएको हो । अभिनेता समेत रहेका मनिस केसीको निर्देशनमा सिरिज बनेको हो ।

निर्देशकीय हिसाबले मनिसको यो पहिलो फिल्म हो । ‘पोखरामा थुप्रै कलाकारहरु र फिल्म मेकरहरु छन् । यद्यपी अहिलेसम्म यहीँबाटै वेभ सिरिज निर्माण हुन सकिरहेको थिएन । पोखराबाट पनि वेभ सिरिज सम्भव छ र यसले राष्ट्रियस्तरमा छाप छाड्न सक्छ भन्ने लागेपछि हामीले काम अगाडि बढाएका हौँ ,’ वेभ सिरिजलाई लिएर निर्देशक केसी आशाबादी सुनिए ।

यो वेभ सिरिज सार्वजनिक भएपछि यहाँका अन्य मेकरहरुलाई थप सहज हुने केसीको विश्वास छ । ‘ हामीले गरेको काम पोखराका कलाकारहरु र मेकरहरुले पनि स्थानियरुपमै काम गर्दा त्यसको राम्रो रिजल्ट निस्कन सक्छ भन्ने एकखाले ट्रायल पनि हो ।’ मनिसले भने ।

सार्वजनिक टिजरमा टिनएजर्स पुस्ताको माया देखाउन खोजिएको छ । प्रेम, बिछोड र युवापुस्ताको जिवनशैलीलाई कथानक रुपमा भन्न खोजिएको यो वेभ सिरिज चाँडै नै एमडी वक्र्सको अफिसियल युट्युबमार्फत रिलिज हुने कम्पनीले जनाएको छ ।

सिरिजको टिजरमा अभिषेक गुरुङ र मुस्कान गुरुङलाई फिचर गरिएको छ । र, यो वेभ सिरिजका मुख्य कलाकारहरु पनि यी दुई हुन् । सुनिता केसी र डेजिना लामिछाने केसी सिरिजका लगानीकर्ता हुन् । दिपेश केसीले खिचेको यो सिरिजको संगीत नेत्र गुरुङले गरेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope