मानव सेवा आश्रम कास्की संयाेजकमा सुष्मा पाैडेल चयन


पाेखरा ११, मंसिर । मानव सेवा आश्रम कास्कीकाे अभिभावक परिवारकाे संयाेजकमा पत्रकार तथा अधिवक्ता सुष्मा पाैडेल चयन भएकी छिन् ।

सामाजिक अभियन्ता समेत रहेकी पाैडेललाई पाेखरामा प्रतिनिधि मुलक अभिभावक तथा अभियन्ता भेलाले अभिभावक तर्फबाट निर्विराेध रुपमा संयाेजकमा चयन गरेकाे हाे । विगत १८ बर्षदेखी पत्रकारितामा कृयाशिल पाैडेल पत्रकारिता संगसंगै समाजमा पछाडि परेका, असाहय, अपांग , वालवालिकाकाे क्षेत्रमा अनवरत रुपमा कृयाशिल छिन् ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य समेत रहेकी पाैडेल संयाेजक तथा अाश्रमका अभियन्ता तर्फबाट जिल्ला संयाेजक राजन सापकोटा सदस्य सचिव रहने गरी १९ जना सदस्य चयन गरिएकाे हाे ।

जसमा विष्णुवहादुर भट्टराई , राजेश फुयाल , हाेमराज भट्टराई , दिनेश शर्मा, शाेभा पाैडेल,मदन थापा,दुर्गाप्रसाद तिमील्सिना, राहुल पाण्डे , उषा गाेशेली मेघमान श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा विष्णु गुरुङ `एकता´,शान्ति न्याैपाने,लक्ष्मी भट्टराई , कमला पराजुली,लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज वास्ताेला, धनवहादुर थापा र लालशिव गाेगी रहेका छन् ।

अाश्रमका केद्रिय काेषाध्यक्ष तथा अभियन्ता हाेमनाथ तिमील्सिनाले अभिभावकहरुकाे समूह गठन गर्न केही ढिला भएपनी अाश्रमलाइ स्थापनाकालदेखी अनवरत रुपमा अभिभावकिय भुमिका निर्वाह गर्ने व्यक्तिहरुवाट साे समूह गठन गरिएकाे वताए ।

कास्कीमा पाेखराकाे हेम्जा र छाेरेपाटन गरी हाल दुइवटा अाश्रममा १०३ जना सहयाेपेक्षी रहेका छन् । सबैलाई नाना,छाना र खाना भन्ने नाराका साथख देशका विभिन्न १५ जिल्लामा मानव सेवा अाश्रमकाे शाखा विस्तार भैसकेको छ । देशलाई नै वेवारिसे सडक मानव युक्त बनाउने याेजनासाथ मानव सेवा अाश्रम देशभर कृयाशित रहेकाे छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope