हिमाली जिल्ला सोलुको खास्तावमा १५ शैयाको अस्पताल सुचारु


हिमाली जिल्ला सोलुखुम्बुको माप्या दुधकोशी गाँउपालिकाको वडा नम्वर ३ खास्तावमा  निर्माण गरीएको १५  शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

३ वटै तहको सरकारको लगानी रहेको उक्त अस्पतालको आजबाट विधिवत सूरु गरिएको गाउँपालिका अध्यक्ष  बुद्धिकिरण राईले जानकारी दिए ।

हस्पिटल निर्माण भएसंगै उपचारकालगि जिल्ला अस्पताल फाप्लु तथा छिमेकी जिल्ला ओखलढुंगा धाउनु पर्ने वाध्यता हटेको छ । भौगोलिक विकटता तथा पर्याप्त भौतिक सामग्रीको अभावका कारण सर्वशुलव उपचारबाट बन्चित भएका स्थानिय अस्पताल बनेसंगै हर्षित बनेका छन् ।

एक जना एम.बि.बि.एस डक्टर सहित १५ जनाले सेवा दिने अस्पालतबाट साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरी लाभान्वित हुने छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope