शहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन ११ बाट


काठमाडाैं । कोरोना महामारीका कारण स्थगित सहिद स्मारक बी डिभिजन लिग आगामी फागुनको दोस्रो साता सुरु हुने भएको छ । कोरोनाका कारण बी डिभिजन लिग गत वर्षको चैत ५ गते स्थगित भएको थियो । 

अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजनमा रहेका क्लबहरुसँगको छलफलपछि स्थगित लिग फागुन ११ गते बाट पुन: सुरु गर्ने निर्णय गरेको हो । छलफलमा भाग लिएका क्लबका प्रतिनिधिले भने आर्थिक अभावमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न समस्या हुनेतर्फ एन्फाको ध्यानाकषर्ण गराएका थिए । 

जवाफमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबहरुलाई आर्थिक सहयोगदेखि स्वास्थ्य मापदण्ड लगायत अन्य विषयमा एन्फाले सघाउने बचन दिनुभएको थियो । बाँकी लिग सम्पन्न गर्नका लागि क्लबहरुलाई २ लाख रुपैयाँ आर्थिक सहयोग दिन एन्फा तयार भएको छ । 

छलफलमा एन्फा पदाधिकारीका साथै लिग कमिटीका संयोजक विज्ञानराज शर्मा र लिग निर्देशक सञ्जिव मिश्र सहभागी हुनुहुन्थ्यो । बी डिभिजन लिग स्थगित हुँदा अपराजित रहेको सातदोबाटो क्लब १५ अंकमा तालिकाको शीर्ष स्थानमा थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope