काठमाडौं, पुस २९ । लगानीकर्तालाई १६ प्रतिशत लाभांस पारित गर्दै ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
आज बुधबार सम्पन्न भएको १४औं साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई १६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
जसअनुसार अब ग्लोबल आइएमई बैंकका लगानीकर्ताले १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश पाउनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो।
बोनश शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्व ६३ करोड रुपैयाँ पुग्नेछ। साधारणसभामा सञ्चालक समितिको तर्फबाट गत वर्षको प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए।
बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको ढकालले बताए।
गत वर्ष बैंकको ब्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्व ९६ करोड रुपैयाँले वृद्धि भएको छ।
यद्यपी, कोरोना भाइरस महामारीको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्व ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदा खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ कायम हुन सकेको छ।
हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैया भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
ढकाल निर्विरोध सञ्चालक समितिको अध्यक्ष
साधारणसभाले ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको सर्वसम्मत चयन गरेको छ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), शुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) छन्।
नव निर्वाचित अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका छन्।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com