पिएम कप क्रिकेटको तयारी पूरा


काठमाडौं, माघ ३ । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन । विश्व भर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मेदान र मूलापानी क्रिकेट मैदानमा आयोजना हुँदै छ ।

शुक्रबारबाट हुने प्रतियोगिताको को पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् ।

प्रतियोगिताको आयोजक क्यानले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा विभागीय टोली नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश समावेश छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope