सवारी ‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित


काठमाडौं, माघ २१ । शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ ।

नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।

सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ ।

लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भ¥याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।

माघ २३ गतेको कार्यक्रमलाई लक्षित गरी यो समुहले आज काठमाडौंमा १० हजार मोटरसाइकल ¥याली निकाल्ने जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope