साठी करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र


भीमदत्त नगरपालिकामा रु ६० करोडको लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउने प्रतिबद्धता गरेका छन् । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैरसरकारी संस्था महासङ्घ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्तलाई सदस्यका रूपमा राखिएको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले आधुनिक शहर बनाउने लक्ष्यअनुसार क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । “फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको छ”, उहाँले भन्नुभयो, “योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथसहयोगको अपेक्षा राखेका छौँ ।”

नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकामा दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । विसं २०३४ मा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङसाइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । पछिल्लोपटक आधुनिक प्रविधिसहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो । क्षेत्रीय शहरी विकास योजनाअन्तर्गत महेन्द्रनगर बजारसहित आसपास क्षेत्रमा रु एक अर्ब लगानीमा नालीसहितका सडक निर्माण शुरु गरिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope