मिस मकवानपुर सिजन–३ प्रदेश राजधानी हेटौँडामा


वाग्मती प्रदेशको राजधानी हेटौँडामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी विसं २०७८ जेठबाट अडिसन शुरु भई भदौमा ग्राण्ड फाइनल गरिने योजना छ ।

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालि एवं स्पाक्लिङ सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन–३ हुन लागेको आयोजकले जनाएको छ ।

संयुक्त आयोजनामा हुन लागेको मिस मकवानपुर सिजन–३ प्रतियोगिता भिडियो जिङ्गल शिक्षाविद् तथा समाजसेवी पुरनबहादुर जोशीले सार्वजानिक गर्दै आवेदन खुला गरिएको कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिका सञ्चालक सुजन श्रेष्ठले बताउनुभयो ।

विजेता हुनेलाई हेटौँडा स्कूल अफ म्यानेजमेन्टको ब्राण्ड एम्बेसडरका रूपमा एक वर्ष रहने गरी नियुक्त गरिने जोशीले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेताले चाँदीको ताज र रु एक लाख तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले रु २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने भ्युवर्स च्वाइसले रु २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताइएको छ । यस्तै सहभागीको उचाइ कम्तीमा पाँच फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु २८ लाख खर्च हुने जनाइएको छ । यसअघि स्पाक्लिङ सिजले मिस मकवानपुर २०१८ एवं कलिउड सुपर डान्स एण्ड फिटनेसले मिस कलिउड २०१९ आयोजना गरिसकेका छन् ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope