खेलाडीलाई प्रशिक्षण

नेपाल क्रिकेट सङ्घका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित कार्यक्रममा उहाँले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने बताउनुभयो ।
श्रीलङ्कका टीमलाई एक दिवसीय क्रिकेटमा विश्व विजेता बनाउन मुख्य प्रशिक्षण दिनुभएका अष्ट्रेलियन नागरिक ह्वाटमोरले नेपाली खेलाडीलाई आवश्यक सीप तथा व्यावहारिक ज्ञान दिएमा आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडि आउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल क्रिकेट सङ्घका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीहरुलाई मोरबाट आवश्यक सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
मोरङ जिल्ला क्रिकेट सङ्घका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उहाँको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालका प्रमुख प्रशिक्षक रहनुभएका मोरले आज स्थानीय प्रशिक्षकलाई सैद्धान्तिक प्रशिक्षण दिनुहुने छ भने वैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा विद्यालय तथा कलेजका विद्यार्थीलाई क्रिकेटसम्बन्धी व्यावहारिक सीप सिकाउनुहुनेछ । यसैगरी उहाँले चैत १२ र १३ गते प्रदेशअन्तर्गतका विभिन्न क्रिकेट क्लब र खेलाडीलाई प्रशिक्षण दिनुहुनेछ भने चैत १४ गते खेलाडीको खेलको अनुगमन गर्नुहुनेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस