एएफसी कप अन्तरगत अबहानी र इगल्सको खेल नेपालमा खेलाउन प्रस्ताव

काठमाडौं । एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरण अन्तर्गत अबहानी लिमिटेड ढाका र क्लब इगल्सबीच खेल नेपालमा खेलाउने प्रस्ताव आएको छ ।
ढाकामा कोरोना भाईरसको संक्रमण बढेपछि अबहानीले माल्दिभ्सको लिग च्याम्पियन इगल्ससँगको खेल नेपालमा खेलाउने प्रस्ताव गरेको हो । बंगलादेशमा कोरोना संक्रमण बढेपछि दोस्रो चरणको लकडाउन र अन्तराष्ट्रिय उडानमा समेत कडाई गरिएको छ ।
बंगलादेशको लिग च्याम्पियन अबहानीले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा नेपालमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको हो ।
अबहानी र इगल्सबीचको खेल मार्च २१ (बैशाख ८) गते हुने तालिका रहेको छ । यस खेलको विजेताले भारतको बेंगलुरु एफसीसँग खेल्नेछ । एन्फा स्रोतले प्रतियोगिता खेलाउन प्रस्ताव आएको तर निर्णय भईनसकेको जनाएको छ ।
एन्फाले खेल आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग स्विकृती समेत मागेको छ । अबहानीले सिधै दोस्रो चरणको खेल खेल्न लागेको हो । इगल्सले भुटानको थिम्पु सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै ढाकासँगको भेट पक्का गरेको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस