चलचित्र ‘बाबरी क्याफे’को छायांकन सोमबारबाट सुरु


काठमाडौं । चलचित्र ‘बाबरी क्याफे’को छायांकन सोमबारबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्र ‘बाबरी क्याफे’मा नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको छ । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।

बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा धिरज र अदितीको साथमा धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो चलचित्रको छायांकन गतबर्षनै गर्ने तयारीमा रहेपनि कोरोनाका कारण लामो समय लकडाउन भएपछि चलचित्रको काम सुरु हुन सकेको थिएन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope