नेदरल्याण्ड्सलाई नेपालले दियो २ सय ७ रनको लक्ष्य, कुशल भुर्तेलको अर्धशतकं विश्व किर्तीमान कायम


काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष दिएको छ । त्रिवी अन्तराष्ट्रिय किक्रेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ७ रन बनाएको हो । अहिले नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफि व्याटिङ गरिरहेको छ ।

त्यसअघि नेपालका कुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह ऐरिले अर्धसतकिय ईनिङ्स खेले । कुशलले ४१ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा उनले ६ चौका र १ चौका प्रहार गरे । कुशलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

यससँगै कुशलले डेब्यु खेलपछि लगातार तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । त्यस्तै उपकप्तान ऐरिले ६० रनको योग्दान दिए ।

त्यस्तै सोमपाल कामीले अटआउट २१ बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा तथा कुशल मल्ल १८ रनमा आउट भए । त्यस्तै बिनोद भण्डारीले नटआउट ७ रनको योग्दान दिए । आशिफ शेख ४ बलमा बिना रन आउट भए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope