बाँकेमा लकडाउन गर्न सिफारिस


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । भारतसंगको मुख्य नाकाको रुपमा रहेको जमुनाहा भन्सार, रुपैडहा बजारमा बाँकेका स्थानिय किनमेलका लागी जाने गरेका छन् भने भारतमा रोजगारीका लागी गएका कर्णाली, लुम्विनी सहित सुदुरपस्चिमका नागरिकहरुले अवतजावतका लागी यही नाका प्रयोग गर्ने गरेका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसंगै रोजगारीका लागी भारत गएकाहरु फर्किनेक्रम बढेको छ । जसका कारण बाँके कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।

साथै दैनिक फेला पर्ने संक्रमण दर पनि बढीरहेको छ । संक्रमण रोकथामका लागी लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको हो । कुन–कुन क्षेत्रमा गर्ने भनेर निर्णय भने नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope