गीतकार डा. डि.आर.को १८ अक्षरको गित


काठमाडौं । गीतकार डा. डि.आर. (धर्मराज) उपाध्यायले १८ अक्षरको गित लेखेर किर्तिमान कायम गरेका छन् । यसअघि विभिन्न ३२ विधामा कीर्तिमानी कायम गरेका गीतकार डा. डि.आर. (धर्मराज) उपाध्यायले फेरि गीतसंगीतमै थप १९ वटा विधामा नयाँ रेकर्ड राखेका हुन् ।

यसपटक १८ अक्षरको गीत लेखेर र १५० भन्दा बढी देशका पर्यटकीय क्षेत्रको नाममा गीत तयार गरेर नयाँ विश्व कीर्तिमान कायम गरेको उपाध्यायको दाबी छ ।

उनले १७५ देशका मुद्राहरुको नाम समेटेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्येक वर्णको गीत लेखेर, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखेर र १६४ प्रजातिका चराको नाम समेटेर पनि गीत लेखेका छन् ।

यसैगरी ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएर र सबैभन्दा धेरै पटक आमा तथा बुबा शब्द प्रयोग गरेर पनि उनले गीत रेकर्ड गराएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope