घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित


फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन् ।    
    
 समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा बिहीबार र शुक्रबार बिहान हिमपात भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । हिमपात भएपछि अत्यधिक चिसो मौसम हुने भएकाले कक्षाकोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताउनुभयो ।    
    
 उहाँले भन्नुभयो, “हिजो बिहानदेखि आज बिहानसम्म हिउँ परेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो । पढाउनै प¥यो । हिमतापका कारणले मौसम एकदम चिसो छ ।” हिमपातले चौँरी याक साथै पशुपालकलाई पनिसमस्या भएको स्थानीय पेमा शेर्पाले बताउनुभयो । ताप्लेजुङमा बिहीबार हिमपात हुँदा पाथीभरा क्षेत्रमा समेत हिउँ जमेको छ । बिहाबार ताप्लेजुङमा वर्षासँगै हिमाली क्षेत्र हिमपातले सेताम्य भएको छ ।    
(रासस)   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope