मलाई कोभिड यसरी लाग्यो र यसरी ठीक भयो

म आफैँ केही छिन त अलमलमा परँे मलाई कसरी कोभिड भयो । सोच्दै गएँ, गम्दै गएँ । अलि बढी मथिङ्गल खियाएपछि मात्र थाहा भयो कोभिड कसरी लागेको रहेछ भनेर । कुरो यस्तो परेछ ।


नियमित मास्क लाउँदा लाउँदै, निरन्तर हात धुँदा धुँदै, र नित्य स्यानिटाइजर दल्दा दल्दै पनि मलाई कोभिड पोजिटिभ देखियो । म आफैँ केही छिन त अलमलमा परँे मलाई कसरी कोभिड भयो । सोच्दै गएँ, गम्दै गएँ । अलि बढी मथिङ्गल खियाएपछि मात्र थाहा भयो कोभिड कसरी लागेको रहेछ भनेर । कुरो यस्तो परेछ ।

एउटा कार्यक्रममा सानो जमघट भयो । त्यहाँ उपस्थिति त्यति ठूलो नभए पनि झन्डै २०–२५ जना भेला भएका थियौँ । एउटा महत्त्वपूर्ण कार्यक्रम भएकोले त्यहाँ मेरो पनि उपस्थिति रह्यो । हुन त आफ्नो स्वास्थ्यभन्दा महत्त्वपूर्ण केही हुन्न । त्यो कार्यक्रमलाई जमघट नगरी सम्पन्न गर्न सकेको भए पनि हुन्थ्यो । त्यहाँ उपस्थित हामी सबैले मास्क लगाएकै थियौँ । हामी सबै आ–आफ्ना स्वास्थ्यप्रति सचेत नै थियौ । तर यति हुँदाहुँदै पनि त्यो कार्यक्रम सकिएको तीन दिनपछि मलाई असह्य भएर शरीर दुख्न थाल्यो ।

सुरूमा त मलाई कोभिड लाग्यो होला भनेर रत्तिभर शङ्कासम्म भएन । अलिअलि ज्वरो आए जस्तो भएर शरीर तातो भयो । त्यसपछि मैले मेरा मित्र जीवाणु वैज्ञानिक डा. सन्तोष दुलाललाई फोन गरँे र मेरो शरीरले महसुस गरेको पीडाको प्रकृति बताएँ । उसले फ्याट्टै भन्दियो, ‘तिमीलाई कोभिड हो, पी सी आर टेस्ट गराइहाल ।’ डरले मेरो सातोपुत्लो गयो । मैले फोन राखिदिएँ र गम्न थालेँ ‘कसरी कोभिड भयो त यसरी सचेत हुँदा हुँदै ?’ तर मैले तुरून्तै एउटा पाठ पनि सिकेँ ।

पाठ नं १ ः भीडभाडमा जाँदै नजाने– मैले सोचेको थिएँ मास्क लगायो भने र दुरी राखेर हिड्यो भने मलाई कोभिड लाग्दैन । तर भीडभाडमा गएपछि अवचेतनमै सही दुरी राखेर बस्न सक्ने सम्भावना धेरै कम हुँदोरहेछ । त्यही भएर भनिएको रहेछ ‘मास्क नै लगाए पनि भीडभाडमा नजानू ।’

साथी सन्तोषले ‘पी सी आर टेस्ट गर्नु’ भने पनि एक मनले सोचेँ— ‘आ के गर्नु, गर्दिनँ । मानिसले थाहा पाए भने फेरि यसलाई त कोभिड लागेको रहेछ भनेर मसँग फरक तरीकाले व्यवहार गर्न सक्छन् ।’ तर फेरि साथी डा. सन्तोषले भनेको थियो ‘यदि तिमीले पी सी आर टेस्ट ग¥यौ भने पछि सास फेर्न गाह्रो भो, इमर्जेन्सीमा हस्पिटल जानु प¥यो भने तिमीलाई नै सजिलो हुन्छ बेड पाउन, तुरून्त उपचार सुरू गर्न । नत्र फेरि पी सी आर टेस्ट गर्नुपर्ने हुन्छ, समय लाग्न सक्छ ।’ त्यसपछि पी सी आर टेस्ट गर्ने निर्णय गरेँ । पी सी आर टेस्ट गर्न स्वास्थ्यकर्मीलाई घरमै बोलाएँ । ‘तपाईं घरमै आएर पीपीई ड्रेस लाउनोस् है, बाटैबाट त्यो ड्रेस लाएर आउँदा सबैले थाहा पाउन सक्छन्’ मैले स्वास्थ्यकर्मीलाई अनुरोध गरेँ । उनले त्यसै गरे ।

मलाई जीउ दुख्न थालेको ५ दिनमा त्यो टेस्ट गराएको थिएँ । ज्वरो आउन थालेको चाहिँ ३ दिन मात्र भएको थियो । बिस्तारै खोकी पनि लाग्न थाल्यो । आफैँले नजिकैको मेडिकलबाट खोकीको औषधी र सिटामोल किनेर ल्याएँ र त्यही सेवन गर्न थाले । त्यसैगरी शरीरमा अक्सिजनको मात्रा र तापक्रमको लेभल नाप्न अक्सिमिटर र थर्मोमिटर पनि किनेर ल्याएँ । शरीरको तापक्रम बेलाबेला १०० डिग्री पुग्थ्यो अनि सिटामोल खानेबित्तिकै घट्थ्यो ।

मेरा केही डाक्टर साथीहरूले सल्लाह दिएका थिए कि ‘जतिसक्दो शरीरको तापक्रमलाई बढ्न नदिने ।’ बेलाबेला म मेरो शरीरको अक्सिजन लेभल पनि अक्सिमिटरले नाप्ने गर्थें । त्यो ९६ देखि ९८ सम्म हुन्थ्यो । साथीहरूले भनेका थिए ‘यदि ९३ भन्दा घट्यो भने अस्पताल गइहाल्नु किनकि थाहै नपाई ह्वात्तै अक्सिजन लेभल घट्न सक्छ र सास फेर्न गाह्रो हुन सक्छ ।’ अक्सिजन लेभल कम हुन नदिने उपायहरू पनि उनीहरूले सुझाएका थिए— जस्तो, बेलुन फुलाउने, पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने, सास लिने र छोड्ने, पानीको बाफ तिन पटक सम्म लिने आदि । अक्सिजन लेभल कम नभईकन पनि ती क्रियाकलापहरूमा आफूलाई संलग्न गराएँ । पी सी आर टेस्ट गरेको भोलिपल्ट कोभिड पोजिटिभ भएको रिपोर्ट आयो । अब भने मेरो सातो गयो । ‘लौ न प्रभो, अब बाँचिदैन कि क्या हो’ भन्ने लागेर म त्रसित बनेँ । मनोवैज्ञानिक असर पनि प¥यो मलाई । मनोबल पनि घटे झैँ लाग्यो आफूलाई ।

सातै दिनमा ज्वरो घट्यो तर शरीर दुख्ने, खान मन नलाग्ने भने भइरह्यो । त्यसपछि म सम्पूर्ण रूपमा ‘आइसोलेट’ भएर घरमै बसेँ । हुन त अलिअलि शरीर दुख्न थाल्दा र हल्का ज्वरो आउने बित्तिकै म आइसोलेसनमा बसेको थिएँ । अब भने आफूलाई कडा निगरानीमा राखेँ । श्रीमतीले भरपूर सहयोग गरिन् । धन्न श्रीमतीको रिपोर्ट भने नेगेटिभ आयो ।

यस्तो बेला आफ्नो हेरचाह गर्ने एउटा मान्छे भने अनिवार्य चाहिने रहेछ ।

यस्तो बेला आफ्नो हेरचाह गर्ने एउटा मान्छे भने अनिवार्य चाहिने रहेछ । उनले मलाई कोभिडसँग केही मिल्दाजुल्दा लक्षण देखिनासाथ तातोपानी र बेसारपानी बनाएर खुवाउन थालेकी थिइन् । अझ एउटा भाँडामा बेसार, अदुवा, लसुन, मरिच, टिमुर, जेठी मधु र गुर्जो हालेर पकाएको पानी गिलासका गिलास पिउन दिइन् । घरि घरि ‘मसरूम’ र ‘भेजिटेबल’को सुप बनाएर मलाई खुवाउने र पियाउने गरिरहिन् । दाल बनाएर मलाई पिउन दिइरहिन् ।

आखिर कोभिड हुँदा खानु र पिउनु पर्ने कुराहरू तिनै रहेछन् । स्वस्थ जीवनशैली धेरै महत्त्वपूर्ण कुरा रहेछ । प्रोटिनयुक्त खानेकुराहरू जस्तै, लिनमिट, तेलको कम प्रयोग गरेर पकाइएका कुखुराको मासु, दालको सुप, माछाको सुप, हरियो सागसब्जी र फलफूलमा स्याउ खान श्रीमतीले दिइरहिन् । मैले परामर्श लिएका डाक्टर साथीहरूले पनि त्यस्तै सल्लाह दिएका थिए । बीच बीचमा अक्सिजन लेभल नापिरहेँ । आठौँ दिनमा मेरो ज्वरो हराएर गयो तर फेरि दसौँ दिनमा एकाएक १०२ डिग्रीमा उक्लियो ।

अब भने मेरो मनसमेत आत्तियो । निको हुँदै गयो होला भनेको त ज्वरो पो देखियो । जीउ दुख्न छोडिसकेको थियो तर खान मन भने अझै थिएन । त्यसपछि म नजिकैको हस्पिटलमा गएँ र आफ्नो अवस्थाको बारेमा बताएँ । उनीहरूले छातीको एउटा एक्सरे गरौँ भन्न थाले । छातीको एक्सरे र ब्लड टेस्ट दुवै गर्दा ब्लड टेस्टको रिपोर्ट राम्रै आयो तर छातीमा इन्फेक्सन देखियो । भाइरलले सताएको बेला फोक्सोमा सेतोभाग, बादल लागेजस्तो देखिँदोरहेछ । डाक्टरहरूले मेरो अक्सिजन लेभल पनि हेरे तर त्यो ठीक थियो । पछि थाहा भयो कोरोना हुने बित्तिकै छातीको एक्सरे गरेर हेरिहाल्नु पर्ने रहेछ ।

‘यदि हाम्रोमा बेड खाली थियो भने हस्पिटलमै बस्न पाए राम्रो हुन्थ्यो, फोक्सोमा अलिक बढी इन्फेक्सन भएको देखियो तर हाम्रोमा बेड खाली छैन । कतै पाउनुभो भने जानुहोला, नत्र हामीलाई नै फोन गर्दै बुझ्नुहोला । अहिलेलाई दबाई लेख्देको छ, यही खाँदै गर्नुहोला’ भनेर मलाई घर पठाए । बेडमा बस्ने कुरा गर्दा मेरो मुटुले एकचोटि त कामै गरेन । ‘हैट, साह्रै पो पारेछ कि क्या हो मलाई’ भन्ने लाग्यो । घर आएर सबै हस्पिटलमा फोन गर्न थालेँ तर कसैले बेड खाली भएको कुरा गरेनन् । ‘अब मरिने भइयो’ भन्ने भयो तर सास फेर्न गाह्रो नभएकोले गर्दा त्यति डर भने लागेन । उनीहरूले लेखिदिएको एन्टिबायोटिक ‘एमोक्सिसिलिन’ भन्ने औषधी र अरू दुई तीन किसिमका औषधी थिए, तिनै खान थालेँ । भोलिपल्ट अर्थात् एघारौँ दिनमा खोकी लाग्न अलिकति ठीक भएको हो कि जस्तो भयो, अनि ज्वरो पनि घटेर गयो ।

त्यसपछि बिस्तारै ठीक हुँदै गयो । फेरि पी सी आर टेस्ट गराएँ । तेह्रौँ दिनमा पनि रिपोर्ट पोजिटिभ नै आयो तर भाइरल इन्फेक्सन पहिलाको भन्दा घटेको थियो, अर्थात् १२ बाट २३ भएको थियो । नम्बर जति बढी भयो त्यति कम भाइरल इन्फेक्सन हो भनेर मलाई साथी डा. सन्तोषले बताएको थियो । अन्ततः बीसाँै दिनमा रिपोर्ट नेगेटिभ आयो । यसरी म कोरोना मुक्त हुन पुगेँ । यसको अर्थ यो होइन अब मलाई कोरोना लाग्दैन । यो फेरि पनि कुनै बेला लाग्न सक्छ यदि होसियार भइएन भने । कोरोना कहरको भुक्तभोगी भएर मैले सिकेका पाठहरू हुन्—

१. भीडमा जाँदै नजाने । कुनै हालतमा पनि नजाने किनकि जति नै दुरी कायम गरे पनि वा मास्क लगाए पनि थाहै नपाए कोही कोभिड भएको मानिससँग नजिक हुन सकिन्छ ।
२. बाहिर निस्किदा मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धोइराख्ने, झुक्किएर पनि नाक मुखतिर हात नलाने, भरसक बाहिर जाँदा लगाएका कपडा घरमा आएपछि बदल्ने र अर्को लगाउने । स्यानिटाइजर साथमै बोकेर हिड्ने ।
३. स्वस्थ जीवनयापन गर्ने ।
४. यदि कोभिड लागिहाल्यो भने माथि उल्लेख गरिएका मेरा अनुभव र मैले गरेका कुराहरू एकचोटि ख्याल गर्ने ।

नोटः अहिले अनेक किसिममा कोभिड भेरियन्टहरू भएकाले सबैलाई एकै किसिमको लक्षण हुन्छ भन्ने ग्यारेन्टी हुँदैन र सबैलाई एकै किसिमले गाह्रो पार्छ भन्ने पनि छैन । जस्तो मेरी श्रीमतीकी दिदी र भिनाजुलाई लागेको भाइरल इन्फेक्सन मेरो भन्दा कम थियो तर पनि उहाँहरूलाई ५–१० दिनसम्म अक्सिजन दिनुप¥यो । उहाँहरूलाई मलाई भन्दा बढी गाह्रो पा¥यो । आफू बाँचियो भने अरूलाई बचाउन सकिन्छ । हिम्मत नहारौँ । कोरोनालाई परास्त गरौँ ।

अझै पनि मलाई खोकी भने लागिरहन्छ । डाक्टरहरुसँग बुझ्दा यो ६–७ महिनासम्म पनि रहन सक्छ भनेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope