सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

काठमाडौँ । गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ ।
विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिनुभएको छ । लय, शब्द खत्री आफैँले गर्नुभएको छ ।
गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ । सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गर्नुभएको हो ।
गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गलकोटमा छायाङ्कन गरिएको बताउनुभयो । उहाँले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताउनुभयो ।
https://www.youtube.com/watch?v=m4xSQzOVdl8
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस