राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम


काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय हुनुभयो ।


प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताउनुभयो ।


कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताउनुभयो ।


प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो ।

सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार हुनुहुन्थ्यो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope