एमिललाई तीन स्वर्ण


नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रोे एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन् ।

त्यसका अलावा एमिलका खेलाडीले समान एक–एक रजत र कांस्य पनि जिते । पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे । पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकबेल्टमा स्वरुप बायुङ राईले रजतपदक हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएकामा पाँचै जनाले पदक हात पार्न सफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope