वृद्धाश्रम

प्रायजसो ६० कटेका वृद्ध–वृद्धाहरू छन्
बिचरा !
कति अल्छी लाग्दो हो त्यो उमेरमा ?
घरबाटै ननिस्कनु जस्तो हुँदो हो
बोल्ने जाँगर—
घाँटीबाटै हराउँदो हो
निद्रा लाग्दो हो कोही बोल्यो भने पनि ।
त्यसैले होला
प्रायजसो आराम गर्ने कुर्सीहरू खाली–खाली हुन्छन्
कोही आइहाले पनि उँघेर समय कटाउँछन्
समय हेरेर घडीलाई दिक्क लाउँछन् ।
बडो कारुणिक दृश्य देखिन्छ त्यहाँ
बडो मायालाग्दा देखिन्छन्—
केशराशि सेतै फुलेका अनुहारहरू ।
अँ साँच्ची
को हो त्यो मान्छे ?
जस्ले बृद्धाश्रमलाई ‘संसद भवन’ नामाकरण गर्यो ?
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस