एकदिनको पर्खाइमा


निरङ्कुश तानाशाही जनहत्यारो ऊ
पृथ्वीकै भयङ्कर डरलाग्दो
निर्दयी कामुक पुरुष हो
त्यसैले त अहिलेसम्म
शान्ति, सुरक्षा अनि आस्थारूपी
पृथ्वीका अबोध चेलीहरूमाथि
निर्लज्ज बलात्कार गर्दै हिँडिरहेको छ ।

एक युगमा एकदिन
यस्तो पनि आउने छ
सिङ्गो आकाश खस्नेछ—
उसकै कठोर छातीमाथि
सुनामी छाल बनेर उर्लिनेछ—
अविरल आँसु
उसकै आँखाको बाटो हुँदै
हाँस्नुपर्नेछ आजीवन उसले
आफ्नै मुटुमा अजङ्गको ढुङ्गा राखेर
ज्यूँदै मरेर ज्यूनुपर्नेछ उसले
सिसिफसको जस्तै अनौठो जीवन ।

जुन दिन
बलात्कारी उसलाई एड्स लागेको हुनेछ
त्यही दिन अन्तिम हुनेछ—
उसका लागि ।

सोही दिन
हामी भुइँमान्छेहरूको घर–आँगनीमा
बोकेर सुनिश्चित भविष्यको भारी
आउँनेछ सुनौलो मिर्मिरे बिहानी
उषाका लालीकिरणहरूसँगै ।

त्यो दिन अब धेरै टाढा छैन
आउँदैछ क्रमशः उसको सामु
धाउँदैछ बिस्तारै हाम्रो सामु ।

सदियांैदेखि हामी भुइँमान्छेहरू
सिङ्गो एक युगमा एकचोटि मात्रै आउने
त्यही एकदिनको पर्खाइमा बसिरहेका छौँ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope