लाग्दैन जीवनले गहिराई भेटेको छैन
लाग्दैन जीवनले गहिराई भेटेको छैन
खुसी कस्तो हुन्छ मुखसम्म देखेको छैन
नभए पनि आफ्नै भर जिन्दगीको
खुट्टाले अझैसम्म उभिन छोडेको छैन
ऊ धर्म गर्न गएको हो एक पाप गरेर आयो
ऊ ठान्दैछ फूलहरूको हत्या भएको छैन
विश्वासको गाँसभित्र घातको ढुङ्गा लाग्दा
टुक्रेको त यो मन न हो दाँत टुक्रेको छैन
आफ्नै मुहान रहेछ अभावहरूको पनि
रहरसँगै अभाव उम्रदैछ सुकेको छैन ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस