थाहा थिएन तिम्रो स्पर्शले अनेक तरङ्ग ल्याइदिन्छ

थाहा थिएन तिम्रो स्पर्शले अनेक तरङ्ग ल्याइदिन्छ
अलि अलि गर्दै मदहोशीमा खै के के गराइदिन्छ ।
साँच्चै हो, यो थाहा पाएपछि मैले पिउनै छाडिदिएँ
क्या नशा छ ओठमा, एकै चुम्बनले बेहोस बनाइदिन्छ ।
भो अब उज्यालो कहिल्यै नहोस्झैँ हुन्छ अचानक
जब तिम्रो साथले अचम्मसँग रातभरि ढलाइदिन्छ ।
कति पटक उकाली ओराली गरियो, कहिल्यै थाकिएन
बरू तिमीसँगको एकान्तले हरेकचोटि गलाइदिन्छ ।
पहिलोचोटि यस्तै यस्तै हुन्छ, सम्झाउँछ मेरो साथी
नहेर्नु आँखामा केही दिन, उनको तन मन लजाइदिन्छ ।
गजल लेखनमा दत्तचित्त दाङका आदर्श खत्री कलाप्रेमी सर्जक हुन् । हाल सिड्नीमा रहेका उनले पठन संस्कृतिलाई उन्नत बनाउन ‘नेपाली एक्पर्ट बुक रिभ्यू’ पोर्टल शुरू गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस