कुस्तीका राष्ट्रिय खेलाडीको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।
“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ”, मृतकका बुवा खड्क भट्टले भन्नुभयो, “केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।
कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताउनुभयो । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भन्नुभयो, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।”
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस