अखिल शुभकामना साँझ हुँदै


नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् । सो सङ्गठनका कोषाध्यक्ष कोषाध्यक्ष जेनिश लामाले अनेरास्ववियुलाई आर्थिकरूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गरिने बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope