‘म हिंसा गर्दिनँ, गर्न दिन्न ’


लैङ्गिक हिंसा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् । युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिंसाका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले हिंसा रोक्न ‘म हिंसा गर्दिनँ, गर्न दिन्न र गरेको देखेँ भने प्रतिकार गर्छु’ भन्ने सङ्कल्प सबैबाट आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले सबै प्रकारका हिंसा अन्त्यका लागि सबै लाग्नुपर्ने औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत् प्रजापति, गैरसरकारी संस्था महासङ्घका सचिव रमेश गिरीलगायतले हिंसा रोक्न युवा वर्गले घरघरबाट अभियान सुरुआत गर्नुपर्ने औँल्याउनुभयो ।

संस्थाका अध्यक्ष देवेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष आश्मा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope