उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु, राष्ट्रपति रनिङशिल्डको उपाधि कुँवरवर्तीलाई


बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो ।

स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उहाँले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेलमैदानको अवधारणा अघि बढाइएको बताउनुभयो । उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले युवा खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गरिएको बताउनुभयो ।

देवीनगरस्थित कदरबहादुर रीता रायमाझी आद्योगिक माविमा सुरु भएको प्रतियोगितामा बेनी, तिलोत्तमा, बुटवल र वीरेन्द्रनगरले विजयी सुरुआत गरेका छन् । बेनी नगरपालिका, म्याग्दीले भीमदत्त नगरपालिका कञ्चनपुरमाथि २–० को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी दोस्रो खेलमा तिलोत्तमाले कोहलपुर नगरपालिकालाई पराजित गर्दै स्पष्ट जित निकालेको छ । अर्को खेलमा आयोजक बुटवल उपमहानगरले गोदावरी नगरपालिकालाई पराजित गरेको छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका सुर्खेतले टीकापुर नगरपालिकामाथि २–१ को जित निकालेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता समूहले रु ७५ हजार, कप, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३५ हजार तथा चौथो हुने समूहलाई सान्त्वना पुरस्कार रु १५ हजार प्रदान गरिने खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न जिल्लाका १० समूहले भाग लिएका छन् । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

राष्ट्रपति रनिङशिल्डको उपाधि कुँवरवर्तीलाई

तिलोत्तमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्डको उपाधि कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । गत वर्षसमेत उपाधि जित्न सफल भएको कुँवरवर्तीले नौ स्वर्णसहित यस वर्षको राष्ट्रपति रनिङशिल्ड जितेको हो । बिहीबार भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्राम भने आठ स्वर्णसहित दोस्रो हुन सफल भएको छ । त्यस्तै सेन्जोसेप मावि चार स्वर्णसहित तृतीय भएको छ ।

प्रतियोगिताको समापन गर्दै नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले खेलको माध्यमबाट अन्तरनीहित प्रतिभा प्रस्फुटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताउनुभयो । मङ्गलबारदेखि सुरु भएको खेलअन्तर्गत बुधबार एथ्लेटिक्सतर्फका खेल सपन्न भएका थिए भने बिहीबार फाइनल खेल भएका थिए । प्रतियोगितामा तिलोत्तमाभित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागी थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope