निःशब्द’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ, २५ चैत (रासस) ः

यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि प¥यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘

निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गीतकार रमेश दाहालले लेख्नुभएको हो । गीतलाई अस्ट्रेलियामा रहेका सङ्गीतकार टीका दाहालले सङ्गीतबद्ध गर्नुभएको छ । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ । ‘निःशब्द ओठ मेरो खुल्दै खुलेन’, ‘बोलुँ भन्छु, तर मुख खुलेन’, ‘तिम्रा सामू मनका कुरा खुल्दै खुलेन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

मन परेको मानिस नजिकै भए पनि भावना व्यक्त गर्न नसकिएको प्रसङ्ग म्युजिक भिडियोमा देखाइएको छ । म्युजिक भिडियोमा गायिका सुरक्षा सेञ्चुरी र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope