हुम्लाको लिमीमा सञ्चारको पहुँच


समकोट, ३ भदौ (रासस) ः

हुम्लाको उत्तरी गाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जिमा सञ्चालन भएको छ ।

अब लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना पनि पूरा भएको छ ।

यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो । मोबाइल सेवा सञ्चालन आएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । वर्षौंदेखि मोबाइलमा कुरा गर्ने उनीहरुको चाहना पूरा भएको छ ।

लिमी गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै लामो प्रयासपछि लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताउनुभयो । लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो । तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुुगेका थिए । गत वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो ।

दसैँका लागि छुटमा खाद्यान्न

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज १ गतेबाट सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ । आगामी बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु भएको हो ।

शाखाका नायब सुब्बा नवीन आचार्यले लिमिटेडको नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको बताउनुभयो । यस शाखाले दुुई हजार पाँच सय क्विन्टल खाद्यान्न प्रति केजी सात रुपैयाँ छुटमा बिक्री सुुरु गरेको छ । खाद्यान्न असोज ७ गतेसम्म बिक्री वितरण गरिनेछ ।

दसैँमा सेवाग्राहीलाई केही राहत पु¥याउनका लागि छुुटको व्यवस्था गरिएको हो । यसअघि लिमिटेडले दसैँको बेला छुटमा खाद्यान्न बिक्री गर्ने जनाए पनि खाद्यान्न मौज्दात नहुँदा बिक्री गर्न सकेको थिएन । यसपटक भने सबैलाई छुटमा खाद्यान्न बिक्री गर्न शाखाको गोदाममा मौज्दात छ । छुटमा बिक्री हुने खाद्यान्नमा अरुवा मोटा चामलको परल मूल्य ५८ रुपैयाँ प्रतिकेजीमा ५१ रुपैयाँमा बिक्री हुनेछ भने अरुवा मध्यम चामल ६२ रुपैयाँ प्रतिकेजीको ५५ रुपैयाँ लिइएको छ ।

त्यसैगरी प्रतिकेजी ८५ रुपैयाँ पर्ने जिरा स्टिम चामलको ७८ रुपैयाँमा बिक्री गरिएको छ । यस वर्षबाट बिक्री भइरहेको प्रतिकेजी ११० रुपैयाँ पर्ने वास्मती चामल छुटमा एक सय तीन रुपैयाँमा बिक्री भइरहेको छ । कर्मचारीका हकमा भने वास्मती चामलको प्रतिकेजी दुुई रुपैयाँ र चामलको पाँच रुपैयाँ छुटमा बिक्री गरिरहेको छ । शाखाबाट छुटमा खाद्यान्न बिक्री गरे पनि आठ वटा अन्य डिपो र बिक्री केन्द्रमा भने यो सुविधा छैन । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope