खुुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम


न्युज कारखाना
बैतडी, १७ पुस

पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ । 

दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

खेलकूद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुुष्करराज जोशी (लख्खाभाइ) थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी थिए ।

कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोबर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुुषे १५ पर्व बैतडीसहित सुुदूरपश्चिममा ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।  
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope