चितवनमा चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’


चितवन, १९ पुस । चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरुको सहभागितामा 'अटो यात्रा' गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की'ले बताए ।  

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए । 

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन 'खबपु' को अभिनय रहेकोछ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope