बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ


न्युज कारखाना
बुटवल, २३ पुस

सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे आराेपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रुपन्देहीबाट पक्राउ गरेकाे छ । उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाकाे घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेकाे आराेपमा पक्राउ गरिएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले कन्चन गाउँपालिका-४ बाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका-६ की १५ वर्षीया बालिकालाई अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने तथा जबर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीय मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै २१ पुस नै पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope