हरेक बिदेसिने युवा तथा तिनका अविभाबकले पढ्नै पर्ने उपन्यास ‘स्वप्नभूमि’को विमोचन

साहित्यकार तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘स्वप्नभूमि’को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार भएको कार्यक्रममा महानायक राजेश हमालको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो।
त्यहाँ उपस्थीत वक्ताहरूले उपन्यास ‘स्वप्नभूमि’ पढ्नै पर्ने एक सरल तर गहिराई भएको उपन्यास हो जसले अमेरिकी समाज र त्यहाँको जनजीवनको मात्रै होइन फरक संस्कृतिले ल्याउने बुझाई र व्यवहार पनि सिकाउँछ ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा कार्यक्रममा सहभागी समीक्षकहरूले आप्रवासी बन्न पुगेका नेपालीको सपना र भोगाइलाई समेटिएको बताएका छन्।
कार्यक्रममा बोल्दै अभिनेता हमालले नेपाली समुदायको भोगाइ पुस्तकको विषयवस्तु बनेकोबारे चर्चा गरे। उपन्यासमा पात्रको स्वप्नभूमि अमेरिका रहेको र उसले त्यहाँ भोगेका अनुभवलाई नै पुस्तक कथा बनेको उनले बताए।
‘धन र सुख प्राप्त हुन्छ भनेर बिदेसिएका नेपालीहरूले बाहिर भएपछि नेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवक कथा भनिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमा कामको आधारमा विभेदलाई पनि उजागर गर्न खोजिएको छ।’
व्यक्तिले आफ्नो सपनाको देश जन्मेकै ठाउँलाई मान्नुपर्छ भन्ने नभएको उनको तर्क छ। ‘स्वप्नभूमि र जन्मभूमि यहीँ हुनुपर्छ भन्ने छैन। यो व्यक्तिको सोचमा भर पर्ने कुरा हो,’ उनले भने। सपनाको भूमि जहाँ भए पनि आफू हुर्केको परिवार, समाज र संस्कार, संस्कृति र राष्ट्रिय धर्मलाई मानिसले भुल्न नहुने उनको भनाइ छ।
नेपालीको सपनाको देश अमेरिकामा पुगेर गरिने दुःख आप्रवासीको पिडालाई समेटिएको समीक्षक राजकुमार बानियाँले बताए। साहित्यमार्फत देशमा केही गर्न सकिन्छ भन्ने भाव उपन्यासको सन्देश बनेको उनको बुझाइ छ।
समालोचक कुमारी लामाले लाखौँ सङ्ख्यामा विदेश पलायन भएका नेपाली युवाको कथा र युवाले बुनेको महत्त्वाकाङ्क्षी सपनाको सङ्घर्षलाई पुस्तकले देखाउन खोजेको बताइन्।
लेखक तुलसी आचार्यले डिभी र विद्यार्थी भिसामा अमेरिका गएकाको नेपालीको कथालाई आफूले समेटेको बताए।
पहिलो उपन्यास ‘मोचन’ गत वर्ष प्रकाशित भइसकेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस