अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी


लसएन्जल्स, २० माघ । फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो ।

हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा ‘अवतार ५’ पनि बन्न सक्ने जनाउ दिएका छन् । यही बीचमा फिल्मका निर्माता जोन लेन्डोले ‘अवतार ३’मा चार्ली च्याप्लिनकी नातिनीले अभिनय गर्ने गरेका छन् ।

‘‘अवतार ३’मा नावीको नयाँ रेसको बारेमा देखाइनेछ । जसको धेरै विरोधी हुने सम्भावना छ । यसमा चार्ली च्याप्लिनकी नातिनी ओना च्याप्लिनले पनि महत्वपूर्ण भूमिका निभाउनेछिन्’, जोनले भनेका छन् ।

सन् २०१८ मा च्याप्लिनले ‘अवतार’ फ्रेञ्चाइजीको तारिफ गरेकी थिइन् । उनले यसलाई ‘ट्रोजन हर्स फिल्म’का रुपमा बताएकी थिइन् । जोनले फिल्मको चौथो फ्रेञ्चाइजीमा समयको ठूलो छलाङ देखाउने खुलासा पनि गरेका छन् । ‘जसले दर्शकलाई ‘अवतार ५’ तिर लैजानेछ । जुन फिल्म धर्तीमा बनेको हुनेछ’, उनले भनेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope