परेसलाई कठोर कारबाही नगर्न आदेश


मुम्बई, २० माघ । कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो । उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।

अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।

गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्‍यालीमा सहभागिता जनाएका थिए । यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो । पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope