लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई


मोहम्मद हबिब
भैरहवा, २१ माघ 
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन । 

गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र  राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए । राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट सरकारको मुल्याङकन हुने हुदा जनता प्रति नम्र भएर मिठो भाषमा हुने काम गर्न र नहुने काम यो यो कारणले हुदैन भनेर राख्न निर्देशन दिए । उनले सेवाग्राहीलाई सेवा प्रवाहमा हुदैन भन्ने शब्दको सुरुवात पनि रुपन्देहीबाट राष्ट्रसेवक कर्मचारीले गनै सकुन भन्ने उल्लेख गरे ।

 
जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न यहाँहरुको महत्वपूर्ण भूमिका हुने भएकोले अर्थमन्त्री पौडेलले कार्यालय प्रमुखहरुलाई अन्तरचेतनाद्वारा निर्देशीत भई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न निर्देशन दिए । सविधान, कानुन निर्णय र निर्देशनहरुको सिमामा रहेर कर्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई जिम्मेवारी पुरा गर्न उनले भने । 

मन्त्रालय सम्बन्धमा बोल्दै अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध हो, बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने चाहाना भएकोले भन्सारमा आइसीपीको लागि नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए । साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

गौतमबुद्ध विमानस्थलले सेवा पनि दिने, रिटर्न पनि दिने र आवश्यकता रहेकोले सेतो हात्तीको रुपमा भन्ने कुरा उठेपनि अहिले व्यवस्थित रुपमा संचालन गर्न केही समस्या छन । सम्बन्धित कार्यालयहरु एक ठाउ बसेर कसले कुन काम कहिले सम्म गर्ने भन्ने विषयमा प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope