सोमबारदेखि रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता


भैरहवा, २२ माघ । रुपन्देहीको ओमसतियामा  सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नव युवा खेलकुद तथा सा‌ंस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

माघ २३ देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ । ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाँउपालिका वडा नम्बर  १ को सहप्रायोजनमा हुने प्रतियोगितामा  विजेताले २ लाख रुपैयाँ र उप विजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

त्यसै गरी उत्कृष्ट खेलाडी,  उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई ८–८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए । 

प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope