सिमा सुरक्षा गर्न हिउँमा गस्ती 


हेमन्त केसी/न्युज कारखाना

सुर्खेत, २ फागुन

सिमा जोगाउनका लागि हुम्ला स्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् ।  नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिँउमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूबाट  गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए । नेपाल चिनको बीचमा रहेको सिमानामा हिउँमै भएपनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गएपनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवा गर्न सकिने गर्दछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope