नेपाल पत्रकार माहासंघ महोत्तरी साखाको लेटरप्याड र छापको दुरुपयोग


विशाल बस्नेत/न्युज कारखाना

महोत्तरी, ३ फाल्गुन

नेपाल पत्रकार माहासंघ महोत्तरी साखाले  सन्जित मण्डलले निकालेको विज्ञप्तिलाइ लिएर आपत्ती जनाएको छ ।

माहासंघको लेटरहेड दुरुपयोग गर्दै कार्यसमितिको निर्णयको विरुद्ध निकालेको प्रेस विज्ञप्ति भ्रमपुर्ण र गैरकानुनी भएको  माहासंघले ठहर गरेको हो ।

कार्यसमितिले २ दिन अगाडि बैठक बसेर नयाँ सदस्यता र नविकरणको लागि अपिल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २ फाल्गुनदेखि ९ फाल्गुनसम्म नयाँ सदस्यता र नवीकरणको लागि आवेदन दिन समयसीमा निर्धारण गरिसकेको छ ।

यही विचमा कार्यसमितिको सहसचिवसमेत रहेका मण्डलले अध्यक्ष, उपाध्यक्ष, सचिवको अनुमती विना नया सदस्यता स्थगित भएको आज नै विज्ञप्ति निकालेका छन् ।

माहासंघको आधिकारिक ब्यक्तीको अनुमती विना लेटरहेड र छापको दुरुपयोग गर्दै सदस्यता दिने प्रक्रिया स्थगित भएको विज्ञप्ति माहासंघसगँ समबन्धित नभएको बताउँदै सचिव राजकरण महतोले पूर्णत: गैरकानुनी भएको बताए ।

'हामी भोलि नै बैठक बसेर यस विषयमा कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,' उन्ले भने, 'पूर्वअध्यक्ष कमलेश मण्डल स्थानिय निर्वाचनमा उमेदवारी बनेपछि उनी विधाननुसार अध्यक्ष पदमा रहेनन् । सोहीबेलादेखि नै माहासंघलाई कसरी असफल वनाउने भन्ने विषयमा मण्डल पक्ष लाग्नुभएको छ ।' 

कमलेश मण्डल अध्यक्षबाट बर्खास्त बनेपछि वरिष्ठ उपाध्यक्ष सुनिता बरालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।

विधाननुसार नै मण्डल बर्खास्त भएता पनि मण्डल पक्षका सन्जित मण्डलसहितका ब्यक्तिहरूले उन्लाई पुनःस्थापनाको माग गर्दै आएका थिए ।

पटक-पटक कार्यसमितिको बैठक  बोलाउँदा पनि मण्डल पक्ष सहभागि नभएपछि बहुमतले सदस्यता र नवीकरण खुलाउने निर्णय गरेको उपाध्यक्ष सुनिता महतोले बताइन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope