आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ


इन्दीप कोइराला,
बारा, ४ फागुन । आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो । 

कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए । 

३-४ दिनदेखि घरबाट बेपत्ता बनेकी कान्छिमायाको शव स्थानीयले मंगलबार दिउँसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए । शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

घटनापछि छोरा सनी पनि गाउँबाट बेपत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ । सढेर कुहिएको अवस्थामा रहेको शवको प्रकृति हेर्दा ५/७ दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए । पक्राउ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ । 

मृतक घलानको श्रीमानसहित २ छोरा छन् । श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसँग बस्दै आएकी थिइन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope