शिर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित
काठमाडौं, ७ फागुन । शीर्ष स्थानमा रहेको को बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ ।
शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३–२ गोल अन्तरले हराएको हो ।
खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।
उता, खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३–२ ले विजयी भयो ।
बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस