दिनेश लिङदेनको निर्देशनमा ‘तलास २’

काठमाडौं, ९ फागुन । फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्को संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ । हत्या अपहरण मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा प्रमुख विषय बनाइनेछ ।
दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पुर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुन्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ ।
फिल्ममा विकास चौधरीको संगित, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ । सुदिता लिङ्देनको प्रस्तुति, लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन हुनेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस