यस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था
मुम्बई, १० फागुन । आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुदैँ गएको छ ।
नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।
उनका अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनियता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ ।
पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने ।
गत बिहिवार शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस